जनकपुरबाट ठुलो परिमाणमा लागुऔषधसहित चार जना पक्राउ

जनकपुरधाम । धनुषा प्रहरीले ठुलो परिमाणमा लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूको नाम अहिले सार्वजनिक गरिएको छैन ।

जनकपुरधाम उप(महानगरपालिका १४ पिडारी चोकमा जिल्ला प्रहरी कार्यालय धनुषा र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय जनकपुरको संयुक्त प्रहरी टोलीले प्रदेश २–०२–००१ स.०३५६ नम्बर को अटोरिक्साबाट लागुऔषध फेला पारेको हो ।

अटोरिक्सालाई चेकजाँच गर्दा जुटको बोराभित्र रहेको १० वटा कार्टुनमा लागुऔषध Exiplon ४९३ बोतल फेला परेको थियो । त्यसपछि अटोरिक्सा चालक र सो कारोबारमा संलग्न तीन जनालाई दुई मोटरसाइकलसहित पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ ।

उक्त लागुऔषध भारतीय बजारबाट जनकपुरधाम भित्र्याएको खुलेको छ । अहिले प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *