बस्ती हटाउन बालेनले सरकारसँग सहयोग मागेपछि सुकुम्बासी उत्रिए धर्नामा (तस्बिरहरु)

काठमाडौँ । संयुक्त सुकुम्बासी मोर्चा नेपालले स्थायी बसोबासको विकल्पविना आफूहरुको बस्ती नहटाउन माग गर्दै आज माइतिघरमण्डलामा धर्ना सुरु गरेको छ ।

अव्यवस्थीत रुपमा खोला किनारा तथा सार्वजनिक जग्गामा बसेका सुकुम्बासी बस्ती हटाउन बिहीबार काठमाडौँको मेयर बालेन साहले गृहमन्त्री रवि लामिछानेसँग सहयोग मागेका थिए । बालेनले सहयोग मागेको भोलिपल्दै उनीहरुले स्थानीय बसोबासको विकल्पको माग गर्दै धर्ना सुरु गरेका हुन् ।

शुक्रबार बिहान करिब ११ बजे सुकुम्बासी अभियान्ताहरुको अगुवाइमा माइतीघरमा भेला भर् उनीहरुले र्‍यालीसहित माइतिघरदेखि नयाँ बानेश्वरसम्म पदर्शनसमेत गरेका छन् ।

‘भूमि अभियान्तामाथिको झुठो जाहेरी निशर्त फिर्ता गर’, ‘भू–स्वामित्वसहितको स्थायी विकल्पबिना उठिबास लगाउन बन्द गर’, ‘भूमि ऐनबमोजिम सुकुम्बासीलाई लालपूर्जा वितरण गर’ लगायतका नारासमेत उनीहरुले लगाएका छन् ।

काठमाडौँ महानगरपालिकाले केही महिनाअघि थापाथलीमा रहेको सुकुम्बासी बस्ती हटाउन प्रयास थालेसँगै सुकुम्बासीले सरकारको सक्रियताकै आधारमा चरणचरणको आन्दोलन गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *