बाटैबाट फेरिए गोरखाको सिडिओ, ५० लाख घुस बार्गेनिङको आरोप


पोखरा । गृह मन्त्रालयले केही दिनअघि गोरखासहित जिल्लाका सिडिओहरू फेर्यो । शंकरहरी आचार्यलाई कपिलवस्तु पठाएर सिराहाबाट लालबाबु कवारीलाई गोरखा सरुवा गरियो । कवारी बुधबार गोरखाका लागि हिँडे । कवारी गोरखा नपुग्दै फिर्ता भए ।
उनी गोरखा जाने तयारी गर्दैगर्दा सरुवा रद्ध गरेर मन्त्रालयमा हाजिर हुन पत्र पुगेको हो । गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालको पर्वत सरुवा भएको छ । अहिले जिल्लामा सिडिओ र सहायक सिडिओ दुवै छैनन् । त्यसैले कारागार कार्यालयका प्रमुख गणेश भट्टराईले निमित्त भएर काम थालेका छन् ।
गृह स्रोतका अनुसार उनले घुस माग्दै गरेको भिडिओ पाएपछि सरुवा रुद्ध गरिएको हो । उनले करिब ५० लाख घुसको बार्गेनिङ गरेको अडियो–भिडियोमाथि छानबिन चलिरहेको छ । सिराहामा जग्गासम्बन्धीको विषयमा बिचौलियामार्फत घुस बार्गेनिङ गरेको आरोप उनीमाथि लागेको हो ।
