मधेमा पनि जनमत पार्टीले पाएन ताेकिएकाे मन्त्रालय, कुशवाहलाई दिइयो कृषि 

जनकपुरधाम । जनमत पार्टीलाई संघीय सरकारमा उद्योग मन्त्रालय दिने सहमति गरेर खानेपानी मन्त्रालय दिएपछि सो पार्टी अझै असन्तुष्ट रहेका छ । यस्तै कथा मधेस प्रदेशमा दोहोरिएको छ ।

मधेस प्रदेशमा जनमत पार्टीबाट विना विभागीय मन्त्रीको शपथ लिएका वसन्त कुशवाहकलाई ११ दिनपछि मुख्यमन्त्री सरोजकुमार यादवले हिजो सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेका थिए । तर अचानक मन्त्रालय बदलिएपछि मधेस प्रदेशमा पनि जनमत पार्टी असन्तुष्ट बनेको छ ।

प्रदेश प्रमुख कार्यालयका निमित्त कार्यालय प्रमुख शत्रुधन यादवले आज जारी गरेको विज्ञप्तिमा जनमत पार्टीका कुशवाहकलाई भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको उल्लेख छ ।

नेकपा एमालेका सरोजकुमार यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र जनता समाजवादी पार्टी (जसपा)का सञ्जय यादवलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ । अन्य ७ मन्त्रालय भने मुख्यमन्त्री यादवले नै राखेका छन् ।

एमाले र जसपाका मन्त्रीले सहमति अनुसारकै मन्त्रालय पाए पनि जनमतका कुशवाहाको मन्त्रालय बदलिएको छ । अचानक मन्त्रालय फेरिएर प्रदेश प्रमुखको कार्यालयबाट विज्ञप्ति जारी भएपछि मन्त्री कुशवाहा स्वयं झस्किएका छन् ।

यद्यपी, यसअघिदेखि नै जनत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत(सीके)ले कृषिसम्बन्धी मन्त्राय पाए किसानमा जल्दाबल्दा समस्या उठाउन सकिने बताउँदै अाएकाले पनि जनमतका भागमा मुख्यमन्त्रीले अचानक कृषि मन्त्रालय ताेकेकाे हाे कि भन्ने अाकलन समेत गर्न सकिन् ।

तर, जनमत पार्टीका सांसद सञ्जय यादवले भने सामाजिक विकास मन्त्रालय दिने निर्णय भए पनि कृषि मन्त्रालय तोकिएको विज्ञप्ति देखेपछि आश्चर्य लागेको बताए । उनले यो विषयमा छलफल गरिरहेको र अब के गर्ने विषयमा छलफलपछि मात्र केही भन्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *