आसिफलाई आईसीसीको स्प्रीट अफ क्रिकेट अवार्ड

काठमाडाैँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को ‘स्प्रीट अफ क्रिकेट अवार्ड २०२२’ जितेका छन् । नेपाली युवा क्रिकेटर आसिफले यो प्रतिष्ठित अवार्ड जितेको आईसीसीले जानकारी दिएको हो ।

आयरल्याण्डविरुद्ध गतवर्ष फागुनमा भएको खेलमा आशिफले खेल भावना देखाएका थिए। सो खेलमा रन बटुल्ने क्रममा आयरल्याण्डका एन्डी म्याकबनी लडेका थिए ।

म्याकबनी लडेपछि आशिफलाई उनलाई सहजै रनआउट गर्न सक्ने अवस्था थियो । तर उनले विपक्षी लडेको अवस्थामा रनआउट गराएनन् र खेल भावनाको उत्कृष्ठ नमुना प्रस्तुत गरे ।

खेलको १९ औँ ओभरको तेस्रो बलमा कमलसिंह ऐरीले बलिङ गरेका थिए । म्याकबनी कमलसँगै अल्झिएर लडेका थिए । कमलले रनआउटका लागि आसिफलाई बल दिए पनि आशिफले उनलाई रनआउट गरेनन् ।

चार देश सम्मिलित टि २० आई सिरिजमा आशिफको त्यही निर्णयको कदर गर्दै आईसीसीले ‘स्प्रीट अफ क्रिकेट अवार्ड’ प्रदान गर्ने निर्णय सुनाएको हो ।

आसिफले देखाएको खेल भावनाको अन्तर्राष्ट्रिय स्तरमै चर्चा भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *