सन्दीप लामिछानेलाई टिममा फर्काउनेबारे छलफल

२०७९ माघ १२ गते

काठमाडौँ । नाबालिगलाई बलात्कार गरेको आरोपमा निलम्बनमा परेका क्रिकेटर सन्दीप लामिछानेलाई टिममा फर्काउनेबार छलफल भइरहेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
काठमाडौँमा आयोजना गरिएको पत्रकार सम्मेलनमा क्यान अध्यक्ष चतुरबहादुर चन्दले यसबारे कानुनअनुसार नै अघि बढ्ने बताए ।
‘आईसीसीले पनि नेपालको कानुनले जे भन्छ, त्यहीअनुसार गर भनेको छ,’ चन्दले भने, ‘के गर्ने भनेर हामी सरोकारवालासँग छलफलमा छौँ ।’
सन्दीपलाई उच्च अदालत पाटनले काठमाडौँ उपत्यकाबाट बाहिर जान नपाउनेलगायत सर्तमा केही दिनअघि मात्रै २० लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ ।

२०७९ माघ १२ गते
प्रतिक्रिया
सम्बन्धित