कर्णाली सरकारले पायो पूर्णता, कसलाई कुन मन्त्रालय ?

सुर्खेत । कर्णाली प्रदेश सरकारले पूर्णता पाएको छ । बुधबार ४ मन्त्री र १ राज्यमन्त्री नियुक्त भएसँगै कर्णाली सरकारले पूर्णता पाएको हो ।

पुस २७ गते नेकपा एमाले र माओवादीबीच कर्णालीमा पहिलो कार्यकाल नेकपा माओवादी केन्द्रको नेतृत्वमा सरकार बन्ने र दोस्रो कार्यकाल एमालेको नेतृत्वमा सरकार बन्ने सहमति भएको थियो । जसअनुसार पहिलो कार्यकालका लागि माओवादी केन्द्रबाट मुख्यमन्त्री राजकुमार शर्मा मुख्यमन्त्रीमा बनेका छन् । मुख्यमन्त्री बनेको ११ दिनपछि शर्मा आफ्नो मन्त्रिमण्डललाई पूर्णता दिएका छन् । शर्मा मन्त्रिपरिषद्मा एमालेका ३ जना मन्त्री र माओवादीका ३ मन्त्री र एक राज्यमन्त्री रहेका छन् ।

यस्तो बन्यो कर्णाली प्रदेश सरकार
कर्णालीको ७ मन्त्रालय कायम गरिएको छ । जसमा माओवादीले मुख्यमन्त्री, ३ मन्त्री र एक राज्यमन्त्री पाएको छ भने एमालेले ३ मन्त्री पाएको छ । सबै मन्त्रीहरूले बुधबार शपथ तथा पदभार ग्रहण गरिसकेका छन् ।

कर्णाली सरकार
१. राजकुमार शर्मा (मुख्यमन्त्री)
२. विनोद कुमार शाह (आर्थिक मामिला तथा योजना मन्त्रालय),
३. कृष्ण बहादुर जिसी (आन्तरिक मामिला तथा कानुन मन्त्रालय),
४. टेकराज पछाई (सामाजिक विकास मन्त्रालय),
५. जितबहादुर मल्ल (उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालय)
६. भीम प्रकाश शर्मा (भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय)
७. मंगल बहादुर शाही (भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालय)
उर्मिला विश्वकर्मा- राज्यमन्त्री (भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालय)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *