सुर्खेतमा भोलिदेखि हुने भनिएको महोत्सव एकहप्ता सर्यो

२०७९ माघ १२ गते

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा भोलिदेखि शुरु हुने दोस्रो राष्ट्रिय औद्योगिक व्यापार, कृषि, नवीनतम प्रविधि प्रदर्शनी एवं पर्यटन महोत्सव–२०७९ को समय प्रतिकुल मौसमका कारण सरेको महोत्सव आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशले जनकारी दिएको छ ।
माघ १३ गतेबाट हुने महोत्सवको मिति एक हप्ता पछि सरेको छ । अब उक्त नवीनतम प्रविधि प्रदर्शनी तथा व्यापार मेला माघ २० गतेबाट २८ गतेसम्म ९ दिनसम्म सञ्चालन हुनेछ । वीरेन्द्रनगर नगरपालिका महोत्सव व्यवस्थापन समितिका अनुसार प्रतिकूल मौसमका कारण पूर्व निर्धारित समयमा कार्यक्रम गर्न नसकिने हुँदा महोत्सवको मिति परिवर्तन गरेको जानकारी दिएको छ ।

२०७९ माघ १२ गते
प्रतिक्रिया
सम्बन्धित