भारतको अयोध्या लगिँदै कालीगण्डकीको शिला 

पोखरा । भारतको अयोध्यामा निर्माणाधीन भगवान् श्रीरामको मन्दिरमा राख्नका लागि म्याग्दीस्थित कालीगण्डकीबाट शिला लैजान लागिएको छ । मन्दिरभित्र राख्ने मूर्ति निर्माणका लागि बुधबार शिला निकालिएको हो ।

शालिग्राम शिला पाइने विश्वकै एकमात्र नदी कालीगण्डकीको शिलालाई हिन्दु धर्मावलम्बीले विशेष रूपमा पुज्ने गर्छन् । शिलाबाट भगवान् श्रीरामको बालरुपको मूर्ति निर्माण गर्ने बताइएको छ । म्याग्दीको बेनी नगरपालिका ६ ठूलो पहिरोस्थित कालीगण्डकी नदी किनारमा रहेको शिला क्रेनले निकालेर ट्रकमा राखिएको हो ।

आज गलेश्वरमा शिलाको पूजा गरी जनकपुरधाम लगिने छ । जनकपुरबाट अयोध्या पठाइने बेनीका मेयर सुरत केसीले बताए । कालीगण्डकीबाट ३ वटा शिला निकालिएको छ ।

नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले १६ र १८ मेट्रिक टनका शिला निकालेर दिने निर्णय गरेको हो । जनकपुरबाट नेपाल सरकारले भारत सरकारलाई शिला हस्तान्तरण गर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *