पोखराको विमान दुर्घटना स्थलमा विशेष पूजा गरिने

पोखरा । विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको १३ औँ दिनको पुण्य तिथिमा दुर्घटना स्थल सेती खोँचमा विशेष पूजा गरिने भएको छ । शुक्रबार ३ घण्टासम्म श्रद्धाञ्जली सभा तथा विशेष पूजा गर्न लागिएको हो ।

शुक्लेश्वर महादर मन्दिर व्यवस्थापन समितिले पूजा आयोजना गरेको अध्यक्ष घनश्याम भण्डारीले बताए । पण्डित र बह्मकुमारीहरूबाट पूजापाठ, दीप प्रज्वलन, स्वस्ति शान्ति र गीता पाठ हुने छ । यस्तै दिवंगत आत्माको शान्तिको लागि हवन पनि हुने छ । पूजामा विभिन्न धर्ममा विश्वास राख्ने जो कसैले पनि आफ्नो संस्कार अनुरूप काम गर्न सक्ने छन् ।

काठमाडौँबाट पोखराका लागि उडेको यती एयरको विमान १ माघमा पोखरा ७ र १५ को सीमा सेती खोँचमा दुर्घटना हुँदा चालक दलका ४ सहित ७२ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *