विराटनगरको आयुर्वेदिक उपचार केन्द्रलाई २५ बेड बनाउने तयारी

विराटनगर । प्रदेश सरकार मातहतमा रहेको आयुर्वेद अस्पतालको स्तर वृद्धिको काम सुरु भएको लामे समय पछि विराटनगरमा २५ बेडको अस्पताल बनाउने अन्तिम तयारी सुरु भएको छ ।

जिल्ला आयुर्वेद उपचार केन्द्र अन्तरगत हाल १५ बेडमा सञ्चालन भएको उपचार केन्द्रलाई २५ बेडको बनाउन लागिएको हो । २५ बेडमा विस्तारकारलागि भौतिक पूर्वाधारको अन्तिम तयारी भईरहेको अस्पतालका प्रमुख डा। कनिन राईले बताए ।

अबको एक महिना भित्रमा आयुर्वेद अस्पताल २५ बेडमा सञ्चालन हुने उनले बताए । अस्पतालमा चार जना डाक्टर, तीन जना स्टाफ नर्स कार्यरत छन्। बेड बढाइएसँगै सेवा थप गरिने तथा एक जना विशेषज्ञ चिकित्सक र १ जना नर्सिङ स्टाफ समेत थप्ने योजना रहेको प्रमुख राईले बताए । यस अस्पतालमा अहिले दैनिक एक सय बढी बिरामी उपचारको लागि आउने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *