गण्डकीमा बाटैबाट फेरियो रोशनको मन्त्रालय

पोखरा । नेकपा एमालेले गण्डकीमा ४ मन्त्रालय पाएको छ । १२ बाट ७ वटा मन्त्रालयमा झारेपछि मन्त्री छनोटमा मुख्यमन्त्रीलाई सकस पर्‍यो । उनी काठमाडौँ गएर मन्त्रीको नाम ल्याए । मंगलबार एमालेले रोशन गाहालाई प्रमुख सचेतकबाट हटाएर अर्थमन्त्री बनाउने निर्णय गर्‍यो ।

नयाँ मन्त्रीको शपथ लिएका वेदबहादुर गुरुङलाई कृषि, ऊर्जा तथा जलश्रोत र सीता सुन्दासलाई आन्तरिक मामिला, कानून तथा सञ्चार मन्त्रालयमा टुङ्गो लाग्यो । सोही अनुसार शपथको तयारी गर्न मन्त्रीहरूलाई जानकारी गराइयो । रोशन मन्त्रीको शपथ लिन प्रदेश प्रमुख कार्यालयमा पुग्दा नपुग्दै उनको मन्त्रालय फेरियो ।

तेस्रो वरीयताबाट पाँचौँमा पुगे उनी । त्यति मात्रै होइन, अर्थबाट आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी रोशनले पाए । सीता आन्तरिकबाट अर्थमा सरिन् । एमाले भित्र रोशनलाई झुक्क्याएर मन्त्रीको शपथ गराइएको चर्चा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *