गण्डकीमा माओवादीबाट म्याग्दीका जुग्जाली मन्त्री बन्ने पक्का

पोखरा । गण्डकी प्रदेशमा २ मन्त्रालय पाएको माओवादीले म्याग्दीका रेशम जुग्जालीलाई मन्त्री बनाउने भएको छ । माओवादी संसदीय दलले उनलाई मन्त्रीमा पठाउने निर्णय गरेको हो ।

‘मलाई नै मन्त्रीमा पठाउने निश्चित छ । तर मन्त्रालय कुन भन्ने नटुंगिएका कारण अहिले सार्वजनिक नभएको हो,’ उनले मकालुखबरलाई भने, ‘जे होस्, मलाई मन्त्री बनाउने कुरा निश्चित हो ।’

माओवादीले यहाँ २ मन्त्रालय पाउने छ । दलका नेता हरिबहादुर चुमान यसअघि नै मन्त्री नियुक्त भैसकेका छन् । एमालेले मुख्यमन्त्री पाएपछि माओवादीले दोश्रो बरियताको मन्त्रालय पाउने पक्का छ । चुमानले अर्थमन्त्री ताकेका छन् । तर एमालेले अर्थ मन्त्रालय आफूसँगै राखेर माओवादीलाई भौतिक पूर्वाधार मन्त्रालयमा प्रस्ताव गरेको स्रोतको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *