पोखरा विमान दुर्घटनाका ७० जनाको शव पोष्टमार्टम

काठमाडौँ । पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनामा परेर ज्यान गुमाएका मध्ये ७० जनाको शवको पोष्टमार्टम भएको छ ।

पोष्टमार्टम भएका मध्ये ६० जनाको शव आफन्तलाई जिम्मा लगाइएको छ । फरेन्सिक मेडिसिन विभाग महाराजगञ्ज काठमाडौँका अनुसार सनाखत भएका ४ जनाको शव परिवारलाई जिम्मा लगाउन बाँकी छ । ६ जनाको शव सनाखत गरी परिवारलाई जिम्मा लगाउने प्रक्रियामा छ ।

हराइरहेका २ जनाको खोजी कार्य जारी रहेको जिल्ला प्रशान कार्यालय कास्कीले जनाएको एती एयरलाइन्सले जानकारी दिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *