निर्मला कुर्मीलाई न्याय माग्दै धर्ना बसेकाहरु पक्राउ (तस्बिरहरु)

काठमाडौँ । बाँकेकी निर्मला कुर्मीलाई न्याय दिन माग गर्दै धर्नामा बसेका प्रदर्शनकारीहरु पक्राउ परेका छन् । निषेधित क्षेत्र उल्लंघन गरेको गरेको भन्दै प्रहरीले अभियान्ता रुवी खान लगायत ४ जनालाई पक्राउ गरेको हो ।

कुर्मीलई न्याय माग गर्दै महिला अधिकार मञ्च बाँकेको अगुवाईमा उनीहरुले माइतीघर मण्डलामा पुस १४ गतेदेखि तेस्रो चरणको आन्दोलन गरिरहेका थिए ।

सोही आन्दोलन भथा धर्नामा ऐक्यबद्वता जनाउँदै बृहत् नागरिक आन्दोलनले माइतीघरमा भेला भई प्रदर्शनसहित सिंहदरबारतिर जाने क्रममा काठमाडौंँ जिल्ला अदालतअघि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

कुर्मीकाे अपहरण गरी बन्धक बनाएर हत्या भएकाे थियाे । तर, हालसम्म दाेषीलाई कारवाही नभएकाे भन्दै अधिकारकर्मीले न्यायकाे माग गरिरहेका छन् ।

तस्बिरहरू 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *