नेपाल टी–२० लिग स्पट फिक्सिङमा १० जना संलग्न, ३ पक्राउ

काठमाडौँ । नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा ४ नेपालीसहित कम्तीमा १० जना संलग्न रहेको प्रहरीको अनुसन्धान समितिले निष्कर्ष निकालेको छ ।

गत पुस ९ देखि २७ गतेसम्म त्रिवि क्रिकेट रंगशालामा भएको उक्त खेलमा भएको म्याच फिक्सिङबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रहरी नायब उपरीक्षक (डीएसपी) सुन्दर तिवारीको नेतृत्वमा ६ सदस्यीय छानबिन समितिले यसबारे अनुसन्धान गरिरहेको छ ।

संलग्न मध्ये ३ जनालाई प्रहरीले पक्राउ गरिसकेकोको छ । पक्राउ पर्नेमा पूर्वराष्ट्रिय क्रिकेटर मेहबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी पक्राउ परेका छन् । पक्राउ पर्ने मध्ये थप एक जनाको भने नाम खुल्न सकेको छैन ।

उनीहरुले नेपाल क्रिकेट संघ (क्यान) को रणनीति साझेदार सेभेन थ्री स्पोर्टस्का मालिक जतिन अहुवालियाको योजना अनुसार स्पट फिक्सिङमा सहयोग गरेको सीआईबीको आरोप छ ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पनि अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय, नक्साललाई निर्देशन दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *