सुर्खेत प्रशासनमा टाइमकार्ड लागू, जयकला पहिलो सेवाग्राही

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले आफ्ना सेवा छिटो छरितो र सरल बनाउनका लागि कार्यालयमा आउने सेवाग्राहीलाई आजदेखि टाइमकार्ड लागु गरेको छ । सेवा लिन कार्यालयमा आउने सेवाग्राहीलाई सेवाका आधारमा टाइमकार्डको व्यवस्था गरेको हो ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले प्रशासन कार्यालयबाट नयाँ नागरिकता, नागरिकताको प्रतिलिपि, राहदानी, प्रशासन शाखाबाट दिइने विभिन्न सेवाहरू, हातहतियार नवीकरण र राष्ट्रिय परिचयपत्र वितरणमा सहजता ल्याउन गृहमन्त्रीको निर्देशन अनुसार टाइमकार्ड लागू गरिएको बताए ।

राहदानीका लागि सबै कागजात पुरा गरेको खण्डमा एक घण्टामा, विभागबाट प्रिट भएर आइसकेको राहदानी १५ मिनेटमा र विभिन्न किसिमका सिफारिस, नागरिकता, नाबालक परिचयपत्र लगायतमा सबै प्रक्रिया पुरा गरेको खण्डमा एक घण्टामा सेवा प्राप्त गर्न सकिने प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।

जयकलाले लिइन् टाइमकार्डको पहिलो सेवा
आजबाट सुर्खेत प्रशासनले टाइमकार्ड सेवा लागु गरेसँगै जयकला बलामीले पहिला सेवा लिएकी छन् । उनी बराहताल गाउँपालिका गाउँपालिका ५ बाट नागरिकताको प्रतिलिपि लिन आएकी थिइन् ।

टाइमकार्ड अनुसार उनले एक घण्टामा सेवा पाउने उल्लेख गरिएको थियो । टाइमकार्डको पहिलो सेवा लिँदै उनले काम छिटो र सहज हुने विश्वास व्यक्त गरिन् । यस्तै वीरेन्द्र कुमार डाङ्गीले राष्ट्रिय परिचयपत्र बनाउनको लागि पहिलो टाइमकार्ड सेवा लिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *