गण्डकीमा १२ बाट घटाएर ७ मन्त्रालय कायम, अब कुन-कुन हुन्छन् ? (नामसहित)

पोखरा । गण्डकीमा ७ मन्त्रालय कायम गर्ने औपचारिक निर्णय भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले ७ मन्त्रालय बनाउने निर्णय गरेको हो ।

आइतबारको अनौपचारिक बैठकले ७ मन्त्रालय बनाउने सहमति गरेको थियो । ७ मन्त्रालय मध्ये ४ मन्त्रालय एमालेले पाउने छ भने २ वटा माओवादी तथा १ मन्त्रालय राप्रपाले पाउने छ ।

हाल एमालेको २ मन्त्री बनिसकेका छन् भने माओवादी र राप्रपाबाट १/१ मन्त्री बनेका छन् । मुख्यमन्त्री खगराज अधिकारीले आजै साँझसम्म मन्त्रीमण्डल बिस्तार गरिसक्ने तयारी गरेका छन् ।

  • अब कुन कुन हुन्छन् ?

कायम रहने ७ मन्त्रालयको नामसमेत तोकिएको छ ।

१. मुख्यमन्त्री तथा मन्त्रिपरिषद् -बैठक, प्रशासन र शासकीय सुधार
२. आर्थिक मन्त्रालय मन्त्रालय -अर्थ, सहकारी, गरिबी निवारण, भूमि व्यवस्था
३. आन्तरिक मामिला तथा कानुन मन्त्रालय -शान्ति सुरक्षा, विपद् व्यवस्थापन, समारोह व्यवस्थापन, सञ्चार, प्रदेश सभा मामिला तथा कानुन ।
४. भौतिक पूर्वाधार विकास मन्त्रालय -भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात
५. सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय -शिक्षा, संस्कृति, विज्ञान प्रविधि, श्रम, रोजगार, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, स्वास्थ्य तथा जनसङ्ख्या
६. उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय -पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति, वन, वातावरण, भू-संरक्षण
७. कृषि तथा जलस्रोत मन्त्रालय -कृषि तथा पशुपक्षी, ऊर्जा, सिँचाइ र खानेपानी ।

सरकारका प्रवक्ता सीता सुन्दासले मन्त्रालयको औपचारिक टुंगो लागेको जानकारी दिइन् । ‘बेलुकासम्म भागबण्डा मिलाएर सरकार बिस्तार हुन सक्छ । आजै मन्त्रीमण्डल बिस्तारको योजना छ,’ उनले भनिन्, ‘अहिलेको बैठकले मन्त्रालयको सङ्ख्या औपचारिक रूपमा टुङ्ग्याएको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *