सन्दीप लामिछानेको मुद्दामा अन्तिम सुनुवाइ आज

काठमाडौँ । सन्दीप लामिछानेको मुद्दा आज अन्तिम सुनुवाइका लागि पेशी तोकिएको छ । मुद्दा फैसलाका लागि जिल्ला न्यायाधीश नारायणप्रसाद दाहालको इजलासमा पेशी तोकिएको हो ।

सन्दीपलाई प्रहरीले असोज २० गते पक्राउ गरेको थियो । जिल्ला अदालत काठमाडौँले कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

तर जिल्लाको आदेश बदर गर्दै उच्च अदालतले सन्दीपलाई २० लाख नगद धरौटीमा रिहा गर्न आदेश दिएको छ । उच्चको आदेशसँगै ९९ दिनपछि उनी थुनामुक्त भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *