गण्डकी विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयबीच सहयोग आदान प्रदान गर्ने सम्झौता

पोखरा । गण्डकी सरकारले स्थापना गरेको गण्डकी विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयबीच आपसमा सहयोग आदान प्रदान गर्ने सम्झौता भएको छ । दुई विश्वविद्यालयले उच्च शिक्षा सम्बद्ध सबै पक्षमा आवश्यक विकास, प्रोत्साहन र संवृद्धिमा सहकार्य गर्ने सहमति भएको हो ।

दुवै विद्यालयले स्नातक तथा स्नातकोत्तर-विद्यावारिधि अध्ययनरत विद्यार्थीहरूको आवश्यकता अनुसार पठनपाठनमा पूर्ण सहयोग गर्ने सहमति भएको बताइएको छ । विशेषगरी खानी ईन्जिनियरिङ सम्बन्धी उच्च स्तरीय पठनपाठन सञ्चालन गर्न आवश्यक पर्ने सम्पूर्ण सामग्रीको आपसमा सहकार्य गर्ने र सो कार्य सम्पन्न गर्न विशेष कमिटी गठन गर्ने निर्णय पनि भएको छ ।

दुवै विश्वविद्यालयहरूले आवश्यकताका आधारमा आफ्ना शिक्षक तथा कर्मचारीहरूलाई अर्को विश्वविद्यालयमा काजमा खटाउने तथा पहिचानका आधारमा विभिन्न क्षेत्रमा अनुसन्धान कार्यमा सहकार्य गर्ने बताइएको छ । सम्झौता पहिलो ५ वर्ष कार्यान्वयन गर्ने र आवश्यकता अनुसार अवधि थप गरिने गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले जानकारी दिए । आजै विशेष कार्यक्रमबीच दुई विश्वविद्यालयले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *