गण्डकीमा मन्त्रालय टुंगो लगाउन आज निर्णायक बैठक, आजै सरकार विस्तारको तयारी

पोखरा । गण्डकी प्रदेशमा मन्त्रालयको सङ्ख्या टुंगो नलाग्दा सरकार विस्तारमा उल्झन सुरु भएको छ । पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएर एमाले संसदीय दलका नेता खगराज अधिकारीले २९ गते विश्वासको मत लिइसकेका छन् । उनले विश्वासको मत लिएपछि तुरुन्तै सरकार विस्तार गर्ने बताएपनि मन्त्रालयको संख्यामा अलमल हुँदा विस्तार हुन पाएन ।

मन्त्रालयको सङ्ख्या १२ बाट झारेर ७ बनाउने लगभग टुंगो लागेको छ । ती मन्त्रालयहरूको कार्य विभाजन गर्नका लागि अहिले केही बेरमा निर्णायक बैठक बस्दै छ । सत्ता साझेदार दलबीच बैठक राखिएको हो । आइतबार साँझ बसेको बैठकले ७ मन्त्रालय बनाउने अनौपचारिक सहमति गरेको छ ।

सरकारका प्रवक्ता सीता सुन्दासका अनुसार अहिले बस्ने बैठकले ७ मन्त्रालयको जिम्मेवारी तोक्ने छ । त्यस लगत्तै दलगत मन्त्रालय विभाजन गर्ने र आजै साँझसम्म मन्त्री परिषद् विस्तार हुने सम्भावना छ । ७ मन्त्रालय बनेपछि यहाँ मुख्यमन्त्री सहित एमालेलाई ४, माओवादीलाई २ र राप्रपालाई १ मन्त्रालय भागमा पर्ने छ । एमालेबाट २ तथा माओवादी र राप्रपाबाट १/१ मन्त्री बनिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *