गण्डकीमा मन्त्रालयको संख्या घट्यो, अब ७ मात्रै मन्त्रालय रहने

पोखरा । गण्डकी प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाइएको छ । सत्तारुढ गठबन्धनका दलहरुबीच भएको सहमति अनुसार ७ मन्त्रालय राख्ने निर्णय गरिएको हो । केन्द्रको निर्देशन र दलहरुबीच छलफल गरेर २०७४ सालकै मन्त्रालय सङ्ख्या कायम गर्न लागिएको मुख्यमन्त्री श्रोतले जनाएको छ ।

अहिले गण्डकीमा १२ मन्त्रालय छन् । २०७८ सालमा सरकार तलमाथि भएपछि तत्कालीन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले ७ मन्त्रालय फुटाएर ११ पु¥याएका थिए । पछि कांग्रेस नेतृत्वमा सरकार बनेपछि मन्त्रालय थपिएर १२ पुगेको थियो ।

नयाँ सरकार आएपछि सबैभन्दा बढी प्राथमिकताका साथ मन्त्रालय घटाउने पहल थालेको हो । मन्त्रालयको सङ्ख्या ७ राख्ने सहमति भए पनि नाम भने नटुङ्गिएको सरकारका प्रवक्ता सीता कुमारी सुन्दासले जानकारी दिइन् । उनका अनुसार नाम सोमबार बिहान बस्ने मन्त्री परिषद् बैठकले टुंगो लगाउने छ ।

योसँगै अब गण्डकीमा एमालेका ४, माओवादीका २ र राप्रपाका १ मन्त्री रहने छन् । माओवादीले अन्तिम समयसम्म पनि १० मन्त्रालय हुनुपर्ने अडान लिएको थियो । मुख्यमन्त्री खगराज अधिकारीले भने सुरु देखि नै ७ मन्त्रालय बनाउने आन्तरिक गृहकार्य गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *