सुर्खेतबाट भ्रष्टाचार मुद्दामा फरार प्रतिवादी पक्राउ

सुर्खेत । सुर्खेतबाट भ्रष्टाचार मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन् ।

विशेष अदालत बबरमहल काठमाडौँमा साउन २४ गते भएको फैसला पश्चात् भ्रष्टाचार मुद्दामा २ वर्ष कैद र १४ लाख ३३ हजार ४ सय ३४ रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादी सुर्खेतको वीरेन्द्रनगर १३ बस्ने वर्ष ४० का रत्न बहादुर बि.क. लाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीको टोलीले खोजतलास गर्ने क्रममा माघ ८ गते साँझ करिब ५ बजे वीरेन्द्रनगर न.पा. १३ करेखोलाबाट फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी सुरज कार्कीले जानकारी दिए ।

उनलाई सुर्खेत जिल्ला अदालत सुर्खेत समक्ष पेस गर्नको लागि हाल जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *