सुर्खेत जीप दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

सुर्खेत  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुर्खेतको छिन्चुबाट वीरेन्द्रनगर आउँदै गरेको वाग्मती प्रदेश ०१०२६ च ९२१३ नम्बरको हाईलेक्स जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु र एक जना घाइते भएको दुर्घटनाप्रति दुख व्यक्त गरेका छन् ।

आइतबार बिहान साढे २ बजेको समयमा छिन्चुबाट वीरेन्द्रनगर आउँदै गरेको वाग्मती प्रदेश ०१०२६ च ९२१३ नम्बरको हाईलेक्स जीप अनियन्त्रित भएर सडकदेखि करिब ८० मिटर तल खसेको थियो । जीप दुर्घटनामा ४ जनाको मृत्यु र एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा वीरेन्द्रनगर ७ बस्ने चालक वर्ष २७ का सागर शाही, दैलेख भगवतीमाई गाउँपालिका ५ बस्ने वर्ष ३१ का बबिन शाही, डुङ्गेश्वर गाउँपालिका ५ बस्ने वर्ष ३३ का दिपेन्द्र जंग शाही र उपचारका क्रममा दैलेख गुराँस गाउँपालिका ३ बस्ने वर्ष २६ का राजेन्द्र बिसीको मृत्यु भएको छ । यस्तै, दैलेख भैरवी गाउँपालिका ५ बस्ने वर्ष २५ का वीरेन्द्र राज शाहीको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *