सुर्खेतमा हाईलेक्स दुर्घटना हुँदा ४ जनाको मृत्यु

सुर्खेत । रत्न राजमार्ग अन्तर्गत वीरेन्द्रनगर ११ झुप्राखोलामा डबल क्याप हाईलेक्स जीप दुर्घटना हुँदा चार जनाको मृत्यु र एक जना घाइते भएका छन् ।

छिन्चुबाट सुर्खेत आउँदै गरेको वाग्मती प्रदेश ०१०२६ च ९२१३ नम्बरको हाईलेक्स आइतबार बिहान साढे २ बजेको समयमा अनियन्त्रित भएर सडकदेखि करिब ८० मिटर तल खसेको थियो ।

मृत्यु हुनेमा वीरेन्द्रनगर ७ बस्ने चालक वर्ष २७ का सागर शाही, दैलेख भगवतीमाई गाउँपालिका ५ बस्ने वर्ष ३१ का बबिन शाही, डुङ्गेश्वर गाउँपालिका ५ बस्ने वर्ष ३३ का दिपेन्द्र जंग शाही र उपचारका क्रममा दैलेख गुराँस गाउँपालिका ३ बस्ने वर्ष २६ का राजेन्द्र बिसीको मृत्यु भएको छ ।

यस्तै, दैलेख भैरवी गाउँपालिका ५ बस्ने वर्ष २५ का वीरेन्द्र राज शाहीको कर्णाली प्रदेश अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी सुरज कार्कीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *