प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-ट्वान्टी क्रिकेटको उपाधि सुदूरपश्चिमलाई

काठमाडौँ । सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि हात परेको छ ।

इटहरीमा शनिबार भएको फाइनलमा प्रदेश- लाई ६ विकेटले हराउँदै सुदूरपश्चिम च्याम्पियन बनेको हो ।

उपाधिसँगै सुदूरले ५ लाख र उपविजेता प्रदेश-१ ले ३ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

प्रदेश-१ ले दिएको १ सय २ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सुदूरले १९ ओभर ५ बलमा १०२ रन जोड्दै लक्ष्य पूरा गर्‍यो ।

सुदूरको जितमा सम्झना खड्काले अविजित २७ रन जोडिन् । कविता जोशी १९ रनमा अविजित रहिन् ।डोली भट्टले २२ तथा कविता कुँवरले १२ रन बनाइन् ।

प्रदेश-१ का लागि सबनम राई, संगीता राई, रुबिना क्षेत्री र हिरान्मायी रोयले १/१ विकेट लिए ।

जनता क्रिकेट पार्क क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको प्रदेश-१ ले २० ओभरमा ५ विकेट गुमाएर १ सय १ रन बनाएको थियो ।

प्रदेश-१ का लागि काजल श्रेष्ठले अविजित ४८ रन जोडिन् ।

यस्तै अप्सरी बेगमले १५ रन जोड्दा कप्तान रुबिना क्षेत्रीले १४ रन जोडिन् ।सुदूरकी मनिषा चौधरीले २ तथा ऋतु कोनुजियाले १ विकेट लिइन् ।

नेपाल क्रिकेट सङ्घ क्यानले आयोजना गरेको प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको थियो ।

पुस २९ देखि सुरु भएको प्रतियोगितामा सात प्रदेश र विभागीय टोली एपीएफको सहभागिता थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *