जातीय दुर्व्यवहारको आरोपमा पक्राउ परेका वडाध्यक्ष धरौटीमा छुटे

पोखरा । जनप्रतिनिधि माथि नै जातीय दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका पोखरा २४ का वडाध्यक्ष भरतबहादुर अधिकारी धरौटीमा रिहा भएका छन् ।

उनीमाथि आफ्नै वडा सदस्यले जातीय दुर्व्यवहार तथा छुवाछुतको आरोप सहित उजुरी दिएकी थिइन् । कास्की जिल्ला अदालतले अधिकारीलाई १ लाख ५० हजार धरौटीमा रिहा गरेको हो । उनी शुक्रबार नै धरौटी बुझाएर रिहा भएका छन् ।

न्यायाधीश ऋषिराज आचार्यको एकल इजलासले धरौटीमा छोड्न आदेश दिएको थियो । जाहेरीवालाले थुनामा राखेर कारबाही प्रक्रिया चलाउन माग गरेको थियो ।

वडा सदस्य मैया नेपालीले जातीय तथा सामाजिक छुवाछुत र भेदभाव सम्बन्धी कसुरमा वडाध्यक्ष अधिकारीलाई कारबाहीको माग गर्दै गत पुस २४ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दर्ता गराएकी थिइन् । प्रहरीले पुस २६ गते अधिकारीलाई पक्राउ गरेको थियो । त्यसपछि जिल्ला अदालत कास्कीले पहिलो पटक ५ दिन र दोस्रो पटक १० दिन गरी २ पटक म्याद थपेर अनुसन्धान गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =