पेकको स्वतन्त्र विद्यार्थी परिषद‍्मा नेविसंघको प्यानल विजयी

पोखरा । पोखरा इन्जिनियरिङ कलेज स्थित स्वतन्त्र विद्यार्थी परिषद्मा नेविसंघको प्यानल विजयी भएको छ । शुक्रबार राती सम्पन्न मतगणना अनुसार पदाधिकारी देखि सदस्यसम्म नेविसंघ विजयी भएको हो ।

अध्यक्षमा नेविसंघका विराट सिग्देल २८५ मत सहित विजयी हुँदा अनेरास्ववियुका विरेन्द्र जिसीले १६५ तथा अनेरास्ववियु क्रान्तिकारीका पवन लम्सालले १३१ मत पाए । सचिवमा नेविसंघका मिलन डुम्रे ३ सय ५३ मत प्राप्त गर्दै विजयी हुँदा अनेरास्ववियुका स्वतिका पौडेलले १ सय ५४ र अनेरास्ववियु (क्रान्तिकारी) का कविन पाठकले ७२ मत प्राप्त गरे ।

कोषाध्यक्षमा नेविसंघका उम्मेदवार कृति वाग्लेले २ सय ८१ मत प्राप्त गरेर विजयी हुँदा  अनेरास्ववियुका राज अमृत सुवेदीले २ सय ११ तथा  अनेरास्ववियु (क्रान्तिकारी)का जानकारी वडुले ८० प्राप्त गरे ।

सदस्यमा नेविसंघकै सुवासचन्द्र पण्डित ३ सय १८, अनिष गिरी २सय ४९, सोवित कार्की २ सय ८४ र  भूमिका छुमीले २ सय ९० मत प्राप्त गर्दै विजयी भए ।  शुक्रबार सम्पन्न निर्वाचनमा ६ सय १४ मतदाता मध्ये ५ सय ८४ जनाले मतदान गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *