कर्णाली : ७ जिल्लाका सीडीओको सरुवा

सुर्खेत । कर्णालीका ७ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ । शुक्रबार गृह मन्त्रालयले विभिन्न जिल्लाका सीडीओ, सहायक सीडीओसहित ७० जनाको काज सरुवा गरेको हो ।

कर्णालीका सुर्खेत, सल्यान, रुकुम पश्चिम, कालिकोट, मुगु, हुम्ला र डोल्पाका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको हो । सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल भक्तपुरको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएका छन् । सल्यानका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य बाँकेको प्रमुख जिला अधिकारीमा सरुवा भएका छन् । यस्तै, रुकुम पश्चिमका प्रमुख जिला अधिकारी परमानन्द घिमिरे रोल्पाको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएका छन् ।

मुगुका प्रमुख जिल्ला अधिकारी रोम बहादुर महत नवलपरासीको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा हुँदा कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्मा धादिङको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा भएका छन् । हुम्लाको प्रमुख जिल्ला अधिकारी सीता परियार इलाका प्रशासन कार्यालय शाँखु काठमाडौँमा उपसचिवमा र डोल्पाका प्रमुख जिल्ला अधिकारी वैद्यनिधि अधिकारी नुवाकोटको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा भएका छन् ।

आज बसेको उपप्रधान तथा गृहमन्त्री स्तरीय निर्णयअनुसार राजपत्राङ्कित प्रथम (सहसचिव) र द्वितीय श्रेणी (उपसचिव)समेतका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी लगायतका कर्मचारीहरूको सरुवा गरिएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *