म्याच फिक्सिङमा संलग्नलाई आगामी साता सार्वजनिक गर्ने सीआईबीको तयारी

काठमाडौँ । नेपाल टि–२० लिगमा म्याच फिक्सिङमा संलग्नलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आगामी साता सार्वजनिक गर्ने भएको छ।

प्रहरी नायव उपरीक्षक (डीएसपी) को नेतृत्वमा ५ सदस्यीय समिति बनाएर अनुसन्धान गरिरहेको सीआईबी फिकि्सङ भएको निष्कर्षमा पुगेको हो।

फिक्सिङमा संलग्नको पहिचान भइसकेको र आगामी साता प्रतिवेदनसँगै सार्वजनिक गर्ने सीआईबी प्रवक्ता एसपी संजय थापाले बताए।

छानविनमा फिकि्सङ भएको आधारहरू पर्याप्त देखाएको र संलग्न व्यकि्तहरु पनि खुलिसकेको थापाले बताए।

आउने हप्ताको सुरुमै प्रतिवेदनसहित संलग्न व्यकि्तहरु सार्वजनिक गर्ने सीआईबीको तयारी छ।

म्याच फिक्सिङको आशंका देखिएपछि सीआईबीले डीएसपी सुन्दर तिवारीको नेतृत्वमा छानविन समिति बनाएको थियो।

पुस ९ गतेदेखि कीर्तिपुर मैदानमा भएको लिग सुरुबाटै विवादमा परेको थियो। यस्तै खेलहरू अस्वाभाविक देखिएको भन्दै फिकि्सङको आशंका गरिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *