कर्णालीका मुख्यमन्त्री शर्माले आज विश्वासको मत लिँदै

 सुर्खेत । आज कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिँदैछन् । दिउँसो एक बजे बस्ने प्रदेश सभा बैठकबाट मुख्यमन्त्री शर्माले विश्वासको मत लिनेछन् ।

उनले प्रदेश सभा सचिवालयमा बुधबार साँझ पाँच बजे विश्वासको मत लिने बारेको पत्र दर्ता गराएका थिए । पुस २७ गते कर्णाली प्रदेशको तेस्रो मुख्यमन्त्रीमा नियुक्त भएका नेकपा माओवादी केन्द्रका राजकुमार शर्माले कर्णालीमा कुनै पनि दलको स्पष्ट बहुमत नहुँदा ४ दलले समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेका थिए ।

शर्मालाई माओवादी केन्द्रका १३, एमालेका १०, एकीकृत समाजवादी १, राप्रपाका १ गरी २५ सांसदले हस्ताक्षर गरेका थिए । माओवादी पोलिटब्यूरो सदस्य रहेका शर्मा रुकुम पश्चिम प्रदेशसभा (२) बाट निर्वाचित भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *