गण्डकीमा सरकारी छाप र साइनबोर्डको नाम फेरियो

पोखरा । गण्डकी सरकारले सरकारी कागजातमा प्रयोग हुने छाप र लेटरप्याड लगायत परिवर्तन गरेको छ । सरकारी कागजात, लेटरप्याड, साइनबोर्ड र छापमा प्रयोग गरिने नाम फेरिएको हो ।

मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले सबै कागजातमा अब गण्डकी प्रदेश सरकार राख्ने निर्णय गरेको हो । यसअघि कतै गण्डकी प्रदेश सरकार भएपनि धेरैमा प्रदेश सरकार मात्रै थियो ।

प्रदेश मातहत मन्त्रालय र कार्यालयमा प्रयोग गरिएका छाप तथा लेटरप्याडमा एकरुपता नभएका कारण एउटै बनाउने निर्णय गरिएको सरकारका प्रवक्ता सीता कुमारी सुन्दासले जानकारी दिइन् । अहिले प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश, पोखरा नामको साइनबोर्ड राखिएकोमा अब भने गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, पोखरा लेख्ने निर्णय भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 4 =