राष्ट्रपति पद मेरा लागि होइन, मैले आफ्नो सीमा र स्थान राम्रोसँग बुझेको छु : डा. सन्दुक रुइत (भिडिओ)

काठमाडौँ । वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतले सम्पूर्ण जीवनको तपस्याको परिणाम आफूले इसा अवार्ड पाउन लागेको भन्दै खुसी व्यक्त गरेका छन् ।

बुधबार काठमाडौँमा पत्रकारसँग कुरा गर्दै डा रुइतले इसा अवार्ड अहिलेसम्मको सबैभन्दा ठूलो पुरस्कार भएको र यो सम्पूर्ण जीवनको तपस्याको परिणाम भएको बताएका हुन् । जिन्दगीमा धेरै अवरोधहरू सहेको र धरै सान्त्वना तथा पुरस्कार पनि पाएको भन्दै सबै कुराले आफूलाई अघि बढाउन प्रेरित गर्ने उनले बताए । उनले पुरस्कारले नेपालको आत्मसम्मानलाई पनि निकै माथि उठाएको जिकिर गरे ।

रुइतले नेपालको पहुँच नपुगेको स्थानमा पनि सेवा पुराउन प्रतिबद्ध भएर लागिरहेको जिकिर गरे । त्यस्तै उनले सबै मिलेर राष्ट्रपतिको गरिमा बढाउनुपर्ने भन्दै उक्त पद आफ्ना लागि नभएको र आफूले आफ्नो लिमिटेसन र स्थान राम्रोसँग बुझेको तर्क गरे ।

एसियाको नोबेल मानिने म्यागासेसे पुरस्कार पाएका विश्वविख्यात आँखा सर्जन डा. रूइतलाई बहराइनका पूर्व राजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापना गरिएको इसा अवार्ड दिन लागिएको हो । पुरस्कारको राशि १० लाख डलर रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *