कर्णालीको उपसभामुखमा शाही र यशोदा न्यौपानेबीच प्रतिस्पर्धा

सुर्खेत । कर्णाली प्रदेशको उपसभामुखका लागि कांग्रेसकी इन्द्राकुमारी शाही र माओवादी केन्द्रकी यशोदा न्यौपानेलेबीच प्रतिस्पर्धा हुने भएको छ । नेपाली कांग्रेसबाट शाही र नेकपा माओवादी केन्द्रबाट न्यौपानेले उम्मेदवारी दर्ता गराएका हुन् ।

उनीहरू दुवै समानुपातिक सांसद हुन् । प्रदेश सभा सचिव जीवराज बुढाथोकीका अनुसार उपसभामुखको निर्वाचन आज बुधबार दिउँसो १ बजेका लागि तोकिएको छ । गठबन्धनको भागबन्डामा उपसभामुख नेकपा (माओवादी केन्द्र)को भागमा परेको छ ।

४० सदस्यीय कर्णाली प्रदेश सभामा कांग्रेसका १४, माओवादी केन्द्रका १३, एमालेका १०, नेकपा एकीकृत समाजवादी, राप्रपा एक र स्वतन्त्र एकजना सांसद छन् । न्यौपानेलाई सत्तारुढ गठबन्धनको साथ छ भने कांग्रेसकी शाही एक्लै चुनावमा भिड्दैछिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *