पोष्टमार्टम ढिलो भएपछि प्रदेश सभामा सांसदको आक्रोश: यति काम पनि केन्द्रकै मुख ताक्नुपर्ने ?

पोखरा । आइतबार बिहान पोखरामा विमान दुर्घटना भयो । बेलुकासम्म अधिकांश शव संकलन भैसकेको थियो । बेलुका देखि नै पोष्टमार्टम गर्ने भनिएको थियो । तर सोमबार साँझबाट मात्रै प्रक्रिया अघि बढ्यो ।

पोष्ट मार्टम ढिलो भएपछि प्रदेश सभामा आवाज उठेको छ । कांग्रेस सांसद दोर्णकुमार कुँवरले पोस्टमार्टमका लागि पनि केन्द्र सरकारको मुख ताक्नुपरेको भन्दै प्रदेश संरचनामाथि प्रश्न उठेको बताए ।

`पोस्टमार्टमका लागि केन्द्र सरकारको मुख ताक्नुपर्ने कस्तो व्यवस्थाको शासक बनेका छौँ ? प्रदेश सरकार निरिह बनेको छ,´ संसदमा बोल्दै उनले भने, `साँच्चै प्रदेश सरकारको अधिकार क्षेत्र, भूमिका, दायित्व, जनताप्रतिको उत्तरदायित्व के हो भन्ने प्रश्न उठिरहेको छ । जीवन गुमेर पनि आफ्नो परिवारजनका सदस्यले शव बुझ्न पाउने अवस्था बनिरहेका अवस्था छैन ।’

उनले पोष्टमार्टमको जिम्मा प्रदेश सरकारले लिनुपर्ने बताए । `आफ्नै प्रदेशका नागरिकको ज्यान गुम्दै गर्दा पनि पोस्टमार्टम गर्ने अधिकार हाम्रो प्रदेश सरकारको दायित्व अन्तर्गत पर्दैन भने हामीले कस्तो प्रदेश सरकारको कल्पना गरेका छौँ,´ अघि थपे, `आगामी दिनमा प्रदेश सरकारले गम्भीर रूपमा सोचोस् ।´

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *