पोखरा विमान दुर्घटनामा परेका थप एक जनाको शव भेटियो

पोखरा । आइतबार बिहान यती एयरलाइन्स विमान दुर्घटनामा परेर बेपत्ता रहेका थप एक जनाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय प्रमुख अजय केसीका अनुसार फेला परेको शवलाई पोखरा विज्ञान प्रतिष्ठानमा ल्याइएको बताउँदै उनले भने,उक्त सँगै अहिलेसम्म ७० जनाको शव फेला परेको छ । अज्ञात अवस्थामा रहेका २ जनाको भने भोलि मात्रै खोजी गरिने छ ।

‘त्यो खोँच दिउँसै पनि डेन्जर ठाउँ हो । राति नमिल्ने भएकाले भोलि बिहानैबाट खोजी गर्छौँ’ केसीले भने । एसपी केसीका अनुसार शव खोज्न आज ड्रोनको प्रयोग गरिएको थियो । भोलि बिहान ४ वटा ड्रोनसहित सम्भावित ठाउँहरूमा खोजी गरिने उनले बताए ।

उक्त जहाजमा ११ जना विदेशी नागरिक र ३ जना बालबालिका सहित ६८ यात्रु र चालक दलका ४ सदस्य गरी ७२ जना सवार थिए ।

जसमा ४१ जना महिला र २७ पुरुष यात्रु छन् ।

दुर्घटनामा पर्नेमा भारतका ५ जना, रसियाका ४ जना, कोरियाका २ जना, आयरल्याण्ड, अर्जेन्टिना, अष्ट्रेलिया र फ्रान्सका १/१ जना रहेका छन् ।

पोखरा जहाज दुर्घटनामा परेका ७० जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । जसमध्ये ४१ जनाको शव पहिचान भएको पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले जनाएको छ ।

४ जना चालक दल र ६८ जना यात्रुसहितको विमान पुरानो पोखरा विमानस्थल नजिकैको सेती खोँचमा आइतबार बिहान दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *