मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई युवकको मृत्यु

काठमाडौँ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ । सर्रा सौडियार सडक खण्डमा रा ५ प ९५१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो ।

आज बिहान भएको दुर्घटनामा घोराही १६ का २१ वर्षिय सुशील चौधरी र सोहि ठाउँका १८ वर्षका विवेक चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गौतमले जानकारी दिए । मृतकको शव पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *