विमान दुर्घटना अपडेट : २३ जनाको सनाखत, ३ शव महिला-पुरुष पहिचान भएन

काठमाडौँ । आइतबार बिहान यती एयरलाइन्सको ९ एन एएनसी एटिआर–७२ विमान दुर्घटना स्थलबाट सङ्कलन गरिएका ६८ शव मध्ये ३ वटा शवको पहिचानमा समस्या देखिएको छ ।

उक्त शवहरूमा पुरुष र महिला नछुट्टिने अवस्था रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी अजय केसीले जानकारी दिए । उनले भने धेरै जलेको कारण ३ जनाको शव पहिचान गर्न समस्या भएको छ ।

हिजो आइतबार बिहान करिब ११ बजेको समयमा कास्कीको पोखरास्थित सेती नदीको खोँचमा यती एयरको विमान दुर्घटनामा परेर ६८ जनाको मृत्यु भएको थियो ।

दुर्घटना स्थलबाट सङ्कलन गरिएका शव मध्ये ३९ जना पुरुष र २५ जना महिलाको शव पहिचान भएको छ ।

अन्य ४ जनाको शव सुरक्षाकर्मीहरूले पोखरा महानगरपालिका-१७ घारिपाटनस्थित सेतीको खोचमा सोमबार बिहानैदेखि पुनः खोज तथा उद्धार सुरु गरेका छन् ।

विमान दुर्घटनामा परेका ६७ जनाको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी अस्पताल)मा लगिएको छ । भने, एउटा शव खोँचमा देखिएको र उक्त शव निकाल्ने प्रयास भइरहेको उनले बताए ।

सोमबार बिहान सशस्त्र प्रहरी बलले ४ जनाको शव खोँचबाट निकालेको थियो ।

विमानमा सवार ४ जनाको अवस्था अझै अज्ञात छ ।

हालसम्म दुर्घटनामा परेका २३ जनाको सनाखत भएको छ ।

उक्त जहाजमा ११ जना विदेशी नागरिक र ३ जना बालबालिका सहित ६८ यात्रु र चालक दलका ४ सदस्य गरी ७२ जना सवार थिए ।

जसमा ४१ जना महिला र २७ पुरुष यात्रु छन् ।

दुर्घटनामा पर्नेमा भारतका ५ जना, रसियाका ४ जना, कोरियाका २ जना, आयरल्याण्ड, अर्जेन्टिना, अष्ट्रेलिया र फ्रान्सका १/१ जना रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *