गण्डकीमा उपसभामुखको निर्वाचन आज, को-को छन् प्रतिस्पर्धी ?

पोखरा । गण्डकीमा आज उपसभामुख चयन हुनेछ । त्यसको लागि प्रदेश सभाको बैठक १ बजेका लागि डाकिएको छ । उपसभामुखमा सत्ता गठबन्धनबाट एमालेले पाएको छ ।

एमालेले बागलुङकी विना थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि उम्मेदवार उठाउने भएको छ । कांग्रेसले लमजुङकी पार्वती तामाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

यहाँ गठबन्धनसँग ३३ सीट छ भने प्रतिपक्षी दल कांग्रेससँग २७ सीट छ । गठबन्धनमा सभामुख पाएको माओवादीले कृष्ण धिताललाई उठाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *