अझै सुरु भएन पोस्टमार्टम

पोखरा । पोखरा विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको पोस्टमार्टम प्रक्रिया अझै सुरु भएको छ । अन्तर्राष्ट्रिय विमान मापदण्ड अनुसार बिमा लगायत कामका लागि पोस्टमार्टमको आधिकारिक प्रक्रिया गर्नुपर्ने भएका कारण केही समय ढिलो भएको हो ।

बिहान ९ बजे नै पोस्टमार्टमपछि शव आफन्तलाई बुझाउने प्रशासनले जनाएको थियो । अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृतकका आफन्त र शुभचिन्तकहरूको भीड छ । टिचिङ अस्पतालको टिमले अधिकार दिनुपर्ने र त्यसपछि मात्रै पोस्टमार्टम सुरु हुने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *