विमान दुर्घटनाको शोकमा आज सार्वजनिक बिदा, आधा झुकाइयो राष्ट्रिय झण्डा

काठमाडौँ । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको शोकमा आज देशभर सार्वजनिक बिदा दिइएको छ । दुर्घटनापछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले शोक बिदा दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को बैठकबाटै राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि गरिएको छ । आज अत्यावश्यक बाहेकका सेवा र कार्यक्रम स्थगित गरिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । मन्त्रालयका अनुसार २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको कार्यक्रम पनि स्थगित गरिएको छ ।

आइतबार बिहान १० बजेर ३२ मिनेटमा काठमाडौँबाट पोखराका लागि उडेको ९एनएएनसी विमान पोखरा विमानस्थलनजिक सेती नदीको खोँचमा खसेको थियो । दुर्घटनामा जनधनको ठूलो क्षति भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *