सेती खोँचमा अस्ताए कञ्चनपुरका आमा-छोरा

काठमाडाैँ । आइतबार बिहान भएको जहाज दुर्घटनामा कञ्चपुरका एक आमा छोरा पनि परेका छन् । कञ्चनपुरका व्यवसायी सञ्जिवचन्द्र भट्टकी श्रीमती र छोरा दुर्घटनामा परेका हुन् ।

व्यवसायी भट्टकी श्रीमती सुष्मा पाण्डेय भट्ट र कान्छो छोरा स्लक भट्ट दुर्घटनामा परेका छन् । आमा-छोरा आइतबार घुम्नका लागि यती एयरलाइन्सको जहाजमा पोखरा उडेका थिए ।

व्यवसायी भट्ट पुस ५ मा महेन्द्रनगरबाट काठमाडौं गएका थिए । उनका दुई छोरी र दुई छोरा छन् । कान्छा छोरा दुर्घटनामा परेका हुन् । उनी काठमाडौंस्थित सेन्ट जेभियर्स कलेजमा ११ कक्षामा अध्ययनरत थिए । भट्टको महेन्द्रनगरमा बजारमा पशुपती इम्पोरियम छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *