पोखरा विमान दुर्घटना : आजका लागि उद्धार कार्य स्थगित, भोलि बिहानैदेखि थालिने

पोखरा । पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाको उद्धार कार्य आज स्थगित भएको छ ।

सेती नदीको अप्ठेरो खोँचमा विमान दुर्घटना भएको र रातको समय भएकाले उद्धारमा कठिनाइ भएका कारण भोलि बिहानैदेखि उद्धार कार्य थाल्ने गरी आजको लागि स्थगित गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए ।

“विमानमा सवारमध्ये हालसम्म चार जना अझै फेला परेका छैनन्”, उनी भन्छन् । “पहिचान भएका पोखरा र आसपासका व्यक्तिको शव भोलि बिहान यहीँ नै आफन्तको जिम्मा लगाउने छौँ, काठमाडौँका र आफन्त काठमाडौँ नै भएका एवं विदेशी यात्रुका शवलाई हेलिकोप्टरमार्फत पठाउने तयारी गरेका छौँ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *