५९ वर्षको उमेरसम्म जहाज उडाएका कमल, जो आइतबारे बिहानीसँगै साँधैका लागि अस्ताए

पोखरा । भारतीय एयर कम्पनीमा ५ वर्ष । १६ वर्षसम्म नेपाल एयरलाइन्स । पछिल्लो लामो समयदेखि यती एयरलाइन्सको एटिआर उडाएका क्याप्टेन थिए, कमल केसी ।

उमेरले ५९ लागेका केसी अर्को वर्षदेखि रिटायर्ड हुन लागेका थिए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उनले नै पहिलो उडान भरेका थिए । पोखरा कमलको होम एयरपोर्ट थियो ।

कास्कीको रुपा ३ पोल्याङमा जन्मिएका कमल अब कहिल्यै नफर्किने गरी होम एयरपोर्टबाट बिदा भएका छन् । कमल रुपा गाउँपालिकाकै पहिलो पाइलट थिए । ‘उहाँले रुपालाई मात्रै होइन, यस भेगलाई चिनाउन धेरै मेहनत गर्नुभएको छ । उहाँले रुपाको नक्षत्र हुनुहुन्थ्यो,’ पालिका अध्यक्ष नवराज ओझाले भने, ‘आज जे भयो दुखद भयो । आजको बिहानीले उहाँको जीवन अस्ताएको छ ।’

केही समयअघि मात्रै केसीलाई पालिकाले रुपा रत्नबाट पनि सम्मान गरेको थियो । कमल नेपाली हवाई उडानमा सबैभन्दा अनुभवी मध्येका पाइलट मानिन्थे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *