जहाज दुर्घटनामा पोखराका कुँवर दम्पतीको निधन

पोखरा । पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा पोखरा ५ जिरो किमी निवासी दम्पती जितेन्द्र बहादुर कुँवर र श्रीमती भगवती कुँवरको निधन भएको छ ।

जितेन्द्रका छिमेकी नारायण शर्माका अनुसार जितेन्द्र कुँवर सरकारी सेवाबाट निभृत थिए । उनले भने, भगवती कुँवर स्थानीय समाजसेवा क्लबहरू र आमा समूहमा सक्रिय थिइन् ।

कुँवरको परिवारमा एक छोरा र एक छोरी रहेका छन् ।

घरायसी कामकाजको सिलसिलामा काठमाडौँ आएका कुँवर दम्पतीले छोराछोरीलाई भने शनिबार बसमा पोखरा पठाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *