जहाज दुर्घटना अपडेट : ज्यान गुमाउने १३ जनाको सनाखत

पोखरा । पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउने मध्ये १३ जनाको सनाखत भएको छ ।

पोखराको गण्डकी अस्पतालका अनुसार १ विदेशीसहित १३ जनाको सनाखत भएको हो ।

आइतबार बिहान पोखरामा भएको यती एयरलाइन्सको एटिआर जहाज दुर्घटनामा ६९ जनाको मृत्यु भएको पुष्टि भएको छ । उनीहरूको शव गण्डकी अस्पतालमा राखिएको छ ।

बिमान दुर्घटनामा मृत्यु हुनेमा लक्ष्मी पौडेल, सदाकत अलिमिया, डा. सुशिल श्रेष्ठ, डा. सोना दिवाकर, पर्वत कुश्माका अरुण पौडेल र प्रसिद्धि पौडेल रहेकी छिन् । त्यस्तै पूर्ण बहादुर गुरुङ, कुमार गुरुङ, कोरियन नागरिक क्युङ्गचुल यु, विजय कुमार गुरुङ र बागलुङ घर भएकी रचना काफ्ले पौडेलको सनाखत भएको छ ।

त्यस्तै पोखरा घर भएका निशान्त आचार्य र काठमाडौँकी संगीता शाही रहेकी छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *