जहाज दुर्घटनाको शोकमा यती एयरलाइन्सका भोलि हुने सबै उडान रद्द

काठमाडौँ । आइतबार बिहान पोखरामा एटिआर जहाज दुर्घटनामा परेपछि यती एयरलाइन्सले भोलि (सोमबार) हुने भनिएका सबै उडान रद्द गरेको छ ।

आज साँझ एक सूचना जारी गर्दै एयरलाइन्सले भोलि हुने सबै नियमित उडान रद्द गरेको जानकारी दिएको हो ।

एयरलाइन्सका अनुसार भोलि आपतकालीन र उद्धारका उडान भने हुने एयरलाइन्सले जनाएको छ ।
उक्त जहाजमा ११ जना विदेशी नागरिक र ३ जना बालबालिका सहित ६८ यात्रु सवार थिए ।

जसमा ४१ जना महिला र २७ पुरुष छन् ।

दुर्घटनामा पर्नेमा भारतका ५ जना, रसियाका ४ जना, कोरियाका २ जना, आयरल्याण्ड, अर्जेन्टिना, अष्ट्रेलिया र फ्रान्सका १/१ जना रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *