कर्णाली प्रदेशको सभामुख गुरुङले गरिन् सपथ तथा पदभार ग्रहण

सुर्खेत । कर्णाली प्रदेश सभाको सभामुख नन्दा गुरुङले पद तथा गोपनीयताको सपथ लिएकी छन् । आइतबार प्रदेश प्रमुख तिलक परियारले उनले पद तथा गोपनीयताको सपथ लिएकी हुन् ।

कर्णाली प्रदेश सभाबाट निर्वाचित भएकी गुरुङले प्रदेश सभा नियमावली २०७९ को नियम ८ बमोजिम सपथ ग्रहण गरेकी हुन् । सपथ ग्रहण पश्चात् आजै सभामुख गुरुङले पदभार ग्रहण पनि गरेकी छन् ।

४० सदस्यीय कर्णाली प्रदेश सभाबाट २४ मत प्राप्त गर्दै विजयी भएकी सभामुख गुरुङलाई नेकपा माओवादी केन्द्रका १३, एमालेका १० र राप्रपाका १ जना सांसदले मत दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *