यती एयरको जहाज दुर्घटनामा लोकगायिका निरा छन्त्यालको निधन

काठमाडौँ । काठमाडौँबाट पोखराका लागि आइतबार बिहान १०:३३ उडेको यती एयरलाइन्सको विमान दुर्घटनामा परेर लोकगायिका निरा छन्त्यालको निधन भएको छ ।

छन्त्यालको निधन भएको खबर उनकी दिदी हिरा छन्त्यालले पुष्टि गरेकी छन् । उनका अनुसार निरा पोखरामा आयोजना हुने चौथो संगबहादुर तथब्जा स्मृति कप कार्यक्रममा सहभागी हुन गएकी थिइन् ।

लोकगायिका छन्त्यालले आजै बिहान आफ्नो एक तस्बिर सार्वजनिक गर्दै माघे सङ्क्रान्तिको शुभकामनासमेत दिएकी थिइन्।

उनले लेखेकी थिइन्, ‘माघे सङ्क्रान्तिको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुवा , दाजुभाइ तथा दिदिबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

गायिका छन्त्यालको मृत्यु भएको जानकारी पाएसँगै पोखरामा आयोजना हुने भनिएको कार्यक्रम स्थगित गरिएको छ ।

जहाज दुर्घटनामा मृत्यु भएकामध्ये अहिलेसम्म पाँच जनाको सनाखत भएको छ ।

उक्त जहाजमा ११ जना विदेशी नागरिक र ३ जना बालबालिका सहित ६८ यात्रु सवार थिए ।

जसमा ४१ जना महिला र २७ पुरुष छन् ।

दुर्घटनामा पर्नेमा भारतका ५ जना, रसियाका ४ जना, कोरियाका २ जना, आयरल्याण्ड, अर्जेन्टिना, अष्ट्रेलिया र फ्रान्सका १/१ जना रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *