जहाज दुर्घटना अपडेट : पाँच जनाको सनाखत

काठमाडौँ । पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकामध्ये अहिलेसम्म पाँच जनाको सनाखत भएको छ ।

आइतबार बिहान बिहान १०:३३ बजे काठमाडौँबाट पोखराको लागि उडेको यति एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो ।

जहाजमा ४ चालक दलका सदस्य र ६८ सहित जम्मा ७२ जना सवार थिए ।

जहाज दुर्घटना हुँदा अहिलेसम्म ३९ जनाको शव फेला परिसकेको छ । प्रहरी, सशस्त्र प्रहरी र सेनाले ती शवलाई निकाल्ने प्रयास गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सुवास तिमल्सिनातीका अनुसार ५ जनाको सनाखत भएको छ । जस मध्ये लक्ष्मी पौडेल, सुशील श्रेष्ठ, संगीता शाही, निशान्त आचार्य र सदारत अलिमियाको सनाखत भएको उनले जानकारी दिए ।
उक्त जहाजमा ११ जना विदेशी नागरिक र ३ जना बालबालिका सहित ६८ यात्रु सवार थिए ।

जसमा ४१ जना महिला र २७ पुरुष छन् ।

दुर्घटनामा पर्नेमा भारतका ५ जना, रसियाका ४ जना, कोरियाका २ जना, आयरल्याण्ड, अर्जेन्टिना, अष्ट्रेलिया र फ्रान्सका १/१ जना रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *